logo
२०८० चैत्र १५ बिहीवार



खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टिनाको माग

अन्तर्राष्ट्रिय |


खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टिनाको माग
तस्विर-अलजजिरा


अर्जेन्टिना, जेठ २७ गते।
कोरोना भाइरसविरुद्धको खोप वितरणको अवस्थामा परिवर्तन गर्न अर्जेन्टिनाले माग गरेको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्टो फर्नान्डेजले विश्वभरी खोप वितरणको अवस्था सन्तुलित र न्यायोचित नभएको बताउनुभएको हो ।
“खोपको असमान वितरण भइरहेको बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यान जानु आवश्यक छ, अहिले जे जसरी भइरहेको छ, त्यो ठिक भइरहेको छैन,” उहाँले भन्नुभयो । कुल उत्पादित खोपमध्ये ९० प्रतिशत खोप उत्पादक देशहरूमा मात्रै प्रयोग हुनु र बाँकी १० प्रतिशत मात्रै अन्य देशहरूलाई वितरण गर्नुले नै असमानता प्रष्टै देखिएको उहाँको भनाइ छ ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको ब्युनस आर्यसको औपचारिक भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले असमानताविरुद्धमा सवैले आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।
खोप उत्पादनको अनुपात र सङ्क्रमितहरूको सङ्ख्यामा सन्तुलन ल्याउने प्रतिवद्धता गर्न पनि अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजले आह्वान गर्नुभयो । दुबै देशका नेताले कोरोना भाइरसविरुद्धको खोप सबै देशहरुलाई सन्तुलित तरिकाले उपलब्ध गराउन उदारता देखाउन पनि खोप उत्पादक देशहरुलाई आग्रह गर्नुभयो ।
“कोरोना भाइरसविरुद्धको खोप विश्वव्यापी सार्वजनिक सामान हो, त्यसको प्रयोग सबैले आ– आफ्नो क्षमता र आवश्यकता अनुसार गर्न पाउनुपर्छ,” स्पेनका प्रधानमन्त्री सान्चेजले पत्रकार सम्मेलनमा भन्नुभयो ।
जोन हकिङ्स विश्वविद्यालयका अनुसार अर्र्जेिन्टनामा अहिलेसम्म ८३ हजार २७२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । त्यसैगरी स्पेनमा अहिलेसम्म कुल ८० हजार ३३२ जना को मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?