logo
२०७८ असार ७ सोमवार

दैनिक अध्यावधिक

image
1421

सङ्क्रमित

image
3456

निको भएका

image
51

मृत्यु भएका

मिति:असार ६, २०७८ (१७:३२)
स्राेत:https://covid19.mohp.gov.np/



म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त, १२ को मृत्यु

अन्तर्राष्ट्रिय |


म्यान्मारमा सैनिक विमान दुर्घटनाग्रस्त, १२ को मृत्यु
तस्विर-स्क्रयाम्बल


याङ्गुन, जेठ २७ गते। म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ ।
सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिनुभयो । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।
उहाँले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिनुभयो । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ ।
सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?