logo
२०८० चैत्र १६ शुक्रवार



अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको कार्गो रकेट प्रक्षेपण

अन्तर्राष्ट्रिय |
बिज्ञान |


अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको कार्गो रकेट प्रक्षेपण
तस्विर-फाइल


बेइजिङ, जेठ १६ गते। चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ ।
लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ । हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ ।
रकेट प्रक्षेपण गरिएको १० मिनेटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो ।
चिनियाँ सरकारी समाचार संस्थाहरुका अनुसार टियानझाउ–२ मा इन्धन र सामान राखिएको छ । अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो ।
चिनिया अन्तरिक्ष निकायका अनुसार अर्को वर्षभित्र ११ वटा प्रक्षेपणमार्फत अरु दुई वटा मोड्युल अन्तरिक्षमा पठाइनेछ । नयाँ अन्तरिक्ष केन्द्र ७० टनको हुनेछ । यी प्रक्षेपणमार्फत बन्दोबस्तीका सामानका साथै तीन जना अन्तरिक्षयात्री पनि अन्तरिक्षमा पठाउने चीनको तयारी छ ।
चीनले प्रक्षेपण गरेको तियान्हे रकेट भने अनियन्त्रित भई हालै मात्र पृथ्वीमा खसेको थियो । चीनले आफ्नो महत्वाकाङ्क्षी अन्तरिक्ष कार्यक्रमकै एक हिस्साका रुपमा प्रक्षेपण गरेको तियान्हे तेस्रो तथा सबैभन्दा ठूलो कक्षीय स्टेशन हो ।
बेइजिङले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सहभागी भइरहेको छैन, र यसको मुख्य कारण अमेरिकी अवरोध हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप