गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १३ गते । भारतमा कोरोनाभाइरसका दुई लाख ११ हजार २९८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा भारतमा २१ लख ७५ हजार ७५७ नमुना परीक्षण गरिएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ७३ लाख ६९ हजार ९३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा दुई लाख ८३ हजार १३५ सङ्क्रमित निको भएका छन् । हाल २४ लाख १९ हजार ९०७ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो चौबीस घण्टामा तीन हजार ८४७ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट तीन लाख १५ हजार २३५ जनाले ज्यान गुमाएका छन् ।