logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानमा जारी हिंसामा महिला र बालबालिकासहित २० जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा जारी हिंसामा महिला र बालबालिकासहित २० जनाको मृत्यु
तस्विर-फाइल


काबुल, जेठ ७ गते।
अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर २० जना नागरिकको ज्यान गएको छ । ती आक्रमणमा परेर महिला र बालबालिका पनि मारिएको जनाइएको छ । गएको २४ घन्टा यता यी हिंसात्मक हमला भएकाे बताइएको छ ।

अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा गराइएको एक शक्तिशाली विस्फोटनमा परेर एकै परिवारका चार जनाको बुधबार ज्यान गएको थियो ।उक्त प्रान्तका प्रान्तीय गभर्नरको कार्यालयले दिएको जानकारीअनुसार एक जना व्यक्ति, उनकी श्रीमती र दुई जना बच्चाको ज्यान गएको छ ।

मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरको घर नजिकैको एक सडकमा बिछ्याइएको विद्युतीय धरापमा परेर उनीहरुको ज्यान गएको थियो ।त्यसैगरी बुधबार राति पनि सोही प्रान्तको कारुम भन्ने स्थानमा पनि सडक छेउमा राखिएको बम विस्फोटमा परेर अरु तीन जना सर्वसाधारण मारिएका छन् ।

उनीहरु आफ्नो घरतर्फ गइरहेका बेला सडक किनारमा राखिएको बम अकस्मात विस्फोट भएको थियो । उता नान्गाहार प्रान्तमा पनि तालिबानहरुले गरेको आक्रमणमा परेर एक कारमा सवार रहेका पाँच जनाको ज्यान गएको छ ।

सो कारमा यात्रा गरिरहेका उनीहरुलाई तालिबानहरुले शक्तिशाली बम विस्फोट गराएका तथा कारमा गोली प्रहार गरेर हत्या गरेका थिए । एक लाख १७ हजार ३६१ जनाको कोभिड १९ को सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्ला केही हप्तामा चार सय जनाको हराहारीमा दिनहुँ मानिस कोभिडबाट ज्यान गुमाइरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?