logo
२०८१ बैशाख ७ शुक्रवार



फाइजर खोप लामो समयसम्म फ्रिजमा भण्डारण गर्न सकिने, १२ देखि १५ वर्षकालाई पनि लगाउने सकिने

अन्तर्राष्ट्रिय |
बिज्ञान |


फाइजर खोप लामो समयसम्म फ्रिजमा भण्डारण गर्न सकिने, १२ देखि १५ वर्षकालाई  पनि लगाउने सकिने
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ४ गते । यूरोपेली औषधि नियामक निकायले कोरोना बिरुद्धको फाइजर खोप फ्रिजमा लामो समयसम्म भण्डारण गर्न सकिने जनाएको छ । यसअघि फाइजरको खोप तत्कालै लगाउनुपर्ने र सामान्य फ्रिजकाे तापक्रममा भण्डारण गर्न नसकिने गरी बिकास गरिएको थियो ।
बीबीसीका अनुसार यूरोपेली औषधि संस्था(इएमए)ले खोप तयार भइसकेपछि खुला नरहेको अवस्थामा एक महिनासम्म भण्डारण गर्न सकिने जनाएको उल्लेख गरेको छ । हाल मात्रै पाँच दिनसम्म भण्डारण गर्न सकिने गरी तयार गरिएको थियो ।
यसप्रकारको प्रकृतिले यूरोपेली राष्ट्र बाहिर खोप अभियान कार्यक्रम नराम्ररी प्रभाबित बनेको थियो । र फाइजरको खोप यूरोप बाहिर लगाउन नै नपाउने स्थिति उत्पन्न भएको थियो ।
न्यून तापक्रममा भण्डारण गर्नुपर्ने र आपूर्ति गर्ने क्रममा समेत फ्रिजको उचित ब्यवस्था हुनुपर्ने कारणले फाइजरको खोप विश्वब्यापी पहुँचभन्दा टाढिन गएको थियो । गत् फेब्रुअरी महिनामा अमेरिकाले फाइजर खोप माइनस १५ देखि माइनस २५ डिग्री सेन्टिग्रेडको तापक्रममा दुई साताका लागि भण्डारण गर्न सकिने अनुमति दिएको थियो । यूरोपेली निकायले भने त्यत्तिबेला समेत भण्डारण गर्न कम्तिमा माइनस ८० देखि माइनस ६० डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्ने मापदण्ड तयार गरेको थियो ।
यसै महिना क्यानाडाले फाइजरको खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकाका लागि समेत लगाउन सकिने अनुमति दिएको छ । यस उमेर समूहमा खोप लगाउन अनुमति दिने क्यानाडा पहिलो राष्ट्र हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?