logo
२०८१ बैशाख ७ शुक्रवार



‘लामो समयसम्म काम गर्दा वर्षमा सात लाख ४५ हजारको मृत्यु’

अन्तर्राष्ट्रिय |
बिज्ञान |


‘लामो समयसम्म काम गर्दा वर्षमा सात लाख ४५ हजारको मृत्यु’
तस्विर-गेट्टी इमेजेज


इश्वरचन्द्र झा 
काठमाडौं, जेठ ३ गते । लामो समयसम्म एकाग्र भएर काम गर्दा बर्सेनि लाखौं ब्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले जनाएको छ । कामको शिलशिलामा हुने मृत्यु बारे विश्वब्यापी रुपमा पहिलोपटक गरिएको एक अध्ययनले सन् २०१६ मा हृदय रोग र घातले सात लाख ४५ हजारको निधन भएको देखाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको अध्ययनबारेको समाचारमा बीबीसीले दक्षिण पूर्वी सिया र पश्चिमी प्रशान्त क्षेत्र लामो समयसम्म काम गर्दा अप्रत्याशित मृत्युको घटनाबाट बढी प्रभावित भएको उल्लेख गरेको छ । कोरोना महामारीले उक्त ‘ट्रेन्ड’ अझै भयावह हुने विश्व स्वास्थ्य सङ्गठनले सचेत गराएको छ ।
अध्ययनले सातामा ५५ घण्टाभन्दा बढी समयसम्म काम गर्दा ३५ प्रतिशतभन्दा बढी घातको सम्भावना हुन्छ । हृदय रोगले मृत्यु हुने सम्भावना १७ प्रतिशतभन्दा बढी हुन्छ । साताको ३५ देखि ४० घण्टा काम गर्नेको अपेक्षा उक्त सम्भाबना बढी हुने अध्ययनले देखाएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आईएलओ)सँगको सहकार्यमा उक्त अध्ययन गरिएको थियो । अध्ययनका अनुसार ५५ घण्टाभन्दा बढी समयसम्म काम गर्ने क्रममा मृत्यु हुने तीन चौथाई अधबैंसे वा बृद्ध उमेर समूहका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरुले भने कोरोना महामारीले कार्यालयबाहिरबाट दुर्गम स्थानमा रहेर काम गर्ने र आर्थिक बृद्धि दर कम हुँदै जाँदा बढी समयसम्म काम गर्नुपर्ने जोखिम बढेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका प्राविधिक अधिकृत फ्रयाङ्क पेगाले महामारीको क्रममा देशब्यापी लक डाउन हुँदा साप्ताहिक रुपमा गरिने कामको चाप दश प्रतिशतले बढेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?