logo
२०७८ श्रावण ९ शनिवार

दैनिक अध्यावधिक

image
2309

सङ्क्रमित

image
2197

निको भएका

image
16

मृत्यु भएका

मिति:श्रावण ९, २०७८ (१६:२३)
स्राेत:https://covid19.mohp.gov.np/



मौज्दात सिलिण्डर अस्पतालहरूलाई उपलब्ध गराउन महासंघको अपील

अर्थ |
खुला |


मौज्दात सिलिण्डर अस्पतालहरूलाई उपलब्ध गराउन महासंघको अपील
सांकेतिक


गाेरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २७ गते । कोरोना भाइरसको दोश्रोे लहरबाट देशभर संक्रमित भएका बिरामीहरूको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान समेत गइरहेको खबरबाट आफु मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

अक्सिजनको चरम अभाव भइरहेको स्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टील लगायतका निर्माण कार्य गर्दा वाल्डिङका लागि प्रयोग हुने आफुसँग मौज्दात अक्सिजन सिलिण्डरहरू संक्रमितको उपचारका लागि उपलब्ध गराउन महासंघका महासचिव रोशन दाहालले अपील गर्नु भएको छ ।

त्यस्ता सिलिण्डरहरूको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार मार्फत नजिकका अस्पतालहरूलाई तत्काल उपलब्ध गराई सहयोग गर्न महासंघले आफु मातहतका सम्पूर्ण सदस्यहरू, प्रदेश महासंघ, जिल्ला संघ, एसोसिएट सदस्य तथा वस्तुगत संघहरुलाई अपिल गरेको हो ।

देशभर हाल सञ्चालित साढे ६ हजार परियोजनाहरू मध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरहरूको प्रयोग भइरहेको अवस्थामा ती सिलिण्डरहरू कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आक्रान्त हुँदा महासंघले संघीय सरकार तथा प्रदेश सरकारहरूलाई आर्थिक सहयोग गरेको थियो । त्यस्तै विगतमा महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी महासंघले पीडितहरूको घाऊमा मलहम लगाउन कार्य गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?