logo
२०८० चैत्र १६ शुक्रवार



कोलोराडो गोलीकाण्डमा सातको मृत्यु

अन्तर्राष्ट्रिय |


कोलोराडो गोलीकाण्डमा सातको मृत्यु
तस्विर-अल अरेबिया


कोलोराडो, वैशाख २७ गते। संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ ।
कोलोराडो स्पिङ्सको पूर्वतर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीको भनइ छ ।
आफ्नी प्रेमिकासहित पार्टीमा सहभागी भएका गोली चलाउने शङ्कास्पद व्यक्तिले साथीहरु, परिवार र बालबालिकामाथि गोली चलाएका थिए । घटनास्थलमा प्रहरी पुग्दा सात जना वयस्क व्यक्तिको मृत्यु भइसकेको र एक व्यक्ति गम्भीर चोटग्रस्त अवस्थामा भेटिएका थिए, र उनको पनि अस्पतालमा ज्यान गएको थियो ।
कोलोराडो राज्यकै बोल्डरको सुपरमार्केटमा गत मार्च २२ मा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो ।
कोलोराडो राज्यको डेन्भरपछि दोस्रो ठूलो शहर कोलोराडो स्प्रिङ्समा करिब चार लाख ६५ हजार नागरिकको बसोबास छ ।
यसैबीच, मेरिल्यान्डमा पनि एभर्टन ब्राउन नामका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको ज्यान गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?