logo
२०८० चैत्र १६ शुक्रवार



भारतको उत्तराखण्ड प्रवेशका लागि कोरोना नेगेटिभ अनिवार्य

अन्तर्राष्ट्रिय |


भारतको उत्तराखण्ड प्रवेशका लागि कोरोना नेगेटिभ अनिवार्य
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २७ गते । भारतको उत्तराखण्ड राज्यमा प्रवेशका लागि कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ हुनुपर्ने मापदण्ड लागू गरिएको छ । उत्तराखण्डको राज्य सरकारले सोमबार उक्त मापदण्ड निर्धारण गरेको हो ।
बाहिरबाट उत्तराखण्डको सीमामा प्रवेश गर्नेलाई तीन दिन अघिसम्मको नेगेटिभ रिपोर्ट आएको हुनुपर्ने समाचार संस्था एएनआईले उल्लेख गरेको छ । परीक्षण भने आरटीपीसीआर हुनुपर्छ । उत्तराखण्डमा १८ मईसम्मका लागि कफर््यू जारी गरिएको छ ।
उत्तराखण्डमा आइतबार मात्रै पाँच हजार ८९० जना सङ्क्रमित पहिचान गरिएको थियो । चौबीस घण्टाभित्र १८० सङ्क्रमितको मृत्यु भएको छ । महामारी सुरु भए यता चौबीस घण्टामा मृत्यु भएको र सङ्क्रमित फेला परेको सङ्ख्या अत्यधिक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?