logo
२०८१ बैशाख ११ मंगलवार



सदिक खान दोस्रो पटक लण्डनका मेयर चुनिए

अन्तर्राष्ट्रिय |


सदिक खान दोस्रो पटक लण्डनका मेयर चुनिए
तस्विर-पीए मीडिया


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २६ गते । लेबर पार्टीका उम्मेदवार सदिक खान दोस्रो पटक लण्डन शहरको मेयर निर्वाचित हुनुभएको छ । उहाँले कन्जरभेटिभ पार्टीका उम्मेदवार शौन बैलीलाई पराजित गर्नुभयो ।
बीबीसीका अनुसार सदिक खानले ५५ं.२ प्रतिशत मत पाउनुभयो । पहिलो राउण्डमा दुबैमध्ये कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेको थिएन । सन् २०१६ मा पहिलो पटक यूरोपेली संघको राजधानी लण्डन शहरको मेयर निर्वाचित हुने उहाँ पहिलो इस्लाम समुदायका ब्यक्ति हुनुभयो । ग्रीन पार्टीका सिएन बेरी तेस्रो हुनुभयो । लिबेरल डेमोक्रयाटका लुइसा पोरिट चौथो स्थानमा रहनुभयो ।
लण्डन शहरको मेयर निर्वाचित हुनुअघि सदिक खान सांसद समेत निर्वाचित हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?