logo
२०८१ बैशाख १३ बिहीवार



भारतमा सङ्क्रमित हुने दुई करोड नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा सङ्क्रमित हुने दुई करोड नाघ्यो
तस्विर-फाइल


गोरखापत्र अलनाइन
काठमाडौं, बैशाख २१ गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई करोड नाघेको छ । एकैदिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १६ लाख ६३ हजार ७४२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत् शनिबार एकैदिन चार लाखभन्दा बढी सङ्क्रमित थपिए यता पछिल्लो दुई दिनमा सङ्क्रमितको संख्यामा कमी हुँदै आएको छ । सोमबार तीन लाख ६८ हजार सङ्क्रमित थपिएकोमा मंगलबार दैनिक थपिने सङ्क्रमितमा कमी आएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ४४९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई लाख २२ हजार ४०८ जना सङ्क्रमितको मृत्यु भएको हो । हाल ३४ लाख ४७ हजार १३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा तीन लाख २० हजार २८९ जना कोरोनामुक्त भएका छन् ।
भारतमा हालसम्म १५ करोड ८९ लाख ३२ हजार ९२१ जनाले खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?