logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा

अन्तर्राष्ट्रिय |


म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा
तस्विर-फाइल


याङ्गुन, बैशाख १७ गते। म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मई ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो ।
प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै युद्धविरामको समयावधि लम्ब्याइएको उल्लेख छ । सेनाले कारबाही सम्बन्धी कामहरु नगरे पनि आन्तरिक तथा प्रशासनिक र नियमित कामहरु भने गरिरहने पनि वक्तव्यमा जनाइएको छ ।
म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएर शासन गर्न थालेको छ भने नेताहरुलाई बन्दी बनाइएको छ । सेनाले सत्ता नियन्त्रणमा लिएको विरोधमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा सयौँको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् ।
सेनाले लोकतान्त्रिक सरकारलाई अपदस्त गरेको भन्दै संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय र विश्वका धेरै देशहरुले विरोध जनाएका छन् ।
उनीहरुले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारलाई नै सत्ताको जिम्मेवारी दिन म्यानमारको सेनालाई सुझाव र दबाब पनि दिएका छन् । तर सेनाले भने गत निर्वाचनमा धाँधली भएकाले फेरि अर्को निर्वाचन गराउने भन्दै एक वर्षका लागि सत्ता हातमा लिएको स्पष्ट पारेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप