logo
२०७८ असार १३ आईतवार

दैनिक अध्यावधिक

image
1353

सङ्क्रमित

image
3007

निको भएका

image
34

मृत्यु भएका

मिति:असार १३, २०७८ (१७:१९)
स्राेत:https://covid19.mohp.gov.np/



भारतका चर्चित पत्रकार रोहित शरदानाको मृत्यु

अन्तर्राष्ट्रिय |


भारतका चर्चित पत्रकार रोहित शरदानाको मृत्यु
तस्विर–सामाजिक सञ्जाल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १७ गते । भारतका चर्चित टेलिभिजन समाचार वाचक रोहित शरदानाको मृत्यु भएको छ । कोभिड १९ बाट सङ्क्रमित शरदानाको घरमै आज बिहान हृदयघातले निधन भएको जनाइएको छ ।
हाल उहाँ भारतको ‘आज तक’ टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । आज तक टेलिभिजनका सम्पादक राजदीप सरदेसाइले उहाँको मृत्युको पुष्टि गर्दै सामाजिक सञ्जाल ट्वीटरमा श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।
भारतीय सञ्चारमाध्यम द इकोनोमिक टाइम्स र आउटलुकले ‘मृत्यु हुनु एक साता अघि उहाँमा कोभिड १९ को सङ्क्रमणको पुष्टि भएको थियो’ उल्लेख गरेको छ । भारतीय टेलिभिजन पत्रकारिताका उहाँ एक चर्चित पत्रकार हुनुहुन्थ्यो ।
कोभिड १९ बाट सङ्क्रमित शरदाना घरमै अलग्गिएर बसिरहँदा हृदयघातपछि निधन भएको हो । उहाँ केही वर्ष अघिसम्म जी न्यूजमा कार्यरत हुनुहुन्थ्यो । आज तक टेलिभिजनमा उहाँले ‘दंगल’ कार्यक्रम चलाउनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप