logo
२०८१ बैशाख १३ बिहीवार



पाकिस्तानको एक होटलमा बम विस्फोट, कम्तीमा चारको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानको एक होटलमा बम विस्फोट, कम्तीमा चारको मृत्यु
तस्विर–बीबीसी


इस्लामाबाद, वैशाख ९ गते।
पाकिस्तानी क्वेटा शहरस्थित एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका गृह मन्त्री शेख रशीद अहमदले बताउनु भएको छ । होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो । पाकिस्तानस्थित चिनियाँ राजदूतलक्षित गरी सो आक्रमण गरिएको आशङ्का गरिएको छ ।
चिनियाँ राजदूत अफगानिस्तानको सिमानानजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बस्नुभएको थियो । तर विस्फोटका बेला उहाँ घटना क्षेत्रमा नरहनुभएको बताइएको छ । पाकिस्तानको क्वेटा शहरमा अवस्थित होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा रहेको बताइएको छ ।
पाकिस्तानी तालिबान लडाकूँ समूह यस आक्रमणको जिम्मेवारी लिएका छन् । उक्त समूह र अन्य लडाकू सङ्गठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् । बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकूहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?