logo
२०८१ बैशाख १३ बिहीवार



भाकपा महासचिव यचुरीका छोराको कोरोना सङ्क्रमणले मृत्यु

अन्तर्राष्ट्रिय |


भाकपा महासचिव यचुरीका छोराको कोरोना सङ्क्रमणले मृत्यु
तस्विर-न्यू इन्डियन एक्सप्रेस


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ९ गते । भारतीय कम्युनिष्ट पार्टी(मा)का महासचिब सीताराम यचुरीका छोराको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । पेशाले पत्रकार रहनुभएका ३४ वर्षीय आशिष यचुरीको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सीताराम यचुरीले सामाजिक सञ्जाल ट्वीटरमा छोराको देहान्तको पुष्टि गर्नुभएको छ । उहाँलाई उपचारका लागि दुई सातादेखि मेदान्त अस्पतालमा भर्ना गरिएको थियो । चेन्नईस्थित एशियन कलेज अफ जर्नालिज्मबाट पत्रकारिता अध्ययन गर्नुभएका आशिष पुणे प्रस्थान गर्नुअघि टाइम्स अफ इन्डियाको दिल्ली संस्करणमा समेत आबद्ध हुनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?