logo
२०८० चैत्र १६ शुक्रवार



जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

अन्तर्राष्ट्रिय |
बिज्ञान |


जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
तस्विर-फाइल


टोकियो, वैशाख ७ गते।
जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको हो ।
जापानी सञ्चारमाध्यमहरुले मङ्गलबार उक्त जानकारी सार्वजनिक गरेको हो। जापानमा पनि पिसिआर टेस्ट नै प्रचलनमा छ । तर पनि यो प्रविधिबाट हाल कोभिड १९को भाइरस पत्ता लगाउनका लागि कम्तीमा पनि एक घन्टा समय लाग्ने गरेको छ । अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको पाँच मिनेट भित्रैमा उसको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्नेछ ।
प्रविधि विकासले कोरोनाको सङ्क्रमणको परीक्षण गर्न र समयमै पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने कुरा विज्ञहरुले जनाएका जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले जनाएको छ ।
उक्त इन्स्टिच्युटका एकजना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा र थोरै उपकरणको सहायताबाट नै पत्ता लाग्ने जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?