logo
२०८० चैत्र १६ शुक्रवार



आरडिटी पोजेटिभ देखिएका विरामीको उपचार नपाएर मृत्यु

स्वास्थ्य |


आरडिटी पोजेटिभ देखिएका विरामीको उपचार नपाएर मृत्यु



भक्तिविलास पोखरेल
गाईघाट, वैशाख ६ गते । आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका उदयपुरका एक विरामीको उपचार नपाएर सोमबार मृत्यु भएको छ । कोरोना भाईरस परीक्षणका लागि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उपचारका लागि विराटनगरका आधा दर्जन अस्पताल चहार्दा पनि कुनै पनि अस्पतालले भर्ना नलिएपछि उपचार अभावमा विरामीको मृत्यु भएको हो ।
आइतबार अकस्मात श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य उपचारपछि विराटनगर रिफर गरिएका त्रियुगा नगरपालिका वडा नं ५ का ३५ वर्षीय महिलाको उपचार नपाएरै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले यो घटनाको बारेमा अहिलेसम्म केही जानकारी नभएकाले कोरोनाबाट मृत्यु भएको हो भन्ने बारे पुष्टि गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयाे, 'अहिलेसम्म कसैले खबर गरेको छैन, यदि कोरोना नै हो भने शव व्यवस्थापनको काम प्रशासनबाटै हुन्छ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?