logo
२०८० चैत्र १६ शुक्रवार



शिक्षक र विद्यार्थीहरुलाई कोरोना देखिएपछि विद्यालय बन्द

शिक्षा |
प्रदेश |


शिक्षक र विद्यार्थीहरुलाई कोरोना देखिएपछि विद्यालय बन्द


मुना हमाल
सुर्खेत, बैशाख ६ गते । शिक्षक र विद्यार्थीहरुलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । वीरेन्द्रनगरमा रहेको अमर ज्योति नमुना माविमा आजदेखि एक हप्ताका लागि पठनपाठन बन्द गरिएको हो ।

पाँच जना विद्यार्थी र दुई जना शिक्षकमा कोरोना सङ्क्रमण देखिएको छ । केही शिक्षक तथा विद्यार्थीको पिसिआर रिपाेर्ट आउँदैछ । विद्यालयले शिक्षक विद्यार्थीहरुमा कोरोना सङ्क्रमणको जोखिम बढेकोले वैशाख ११ गतेसम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिनुभयो । थप जटिल समस्या नआएमा १२ गतेदेखि विद्यालय सञ्चालन हुने उहाँले बताउनुभयो ।

जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालयमा पनि जोखिम बढेको बताउनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?