logo
२०८१ बैशाख १४ शुक्रवार



भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, एक हजार तीन सयको मृत्यु

अन्तर्राष्ट्रिय |


भारतमा एकैदिनमा दुई लाख ३४ हजार सङ्क्रमित, एक हजार तीन सयको मृत्यु
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ४ गते।
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै एक हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ३४१ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।
पछिल्लो चौबीस घण्टामा थपिएका मृतकसँगै भारतमा हालसम्म कोरोना सङ्क्रमणले एक लाख ७५ हजार ६४९ जनाको मृत्यु भएको छ। सँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन् ।
संक्रमण सक्रिय रहेकाको सङ्ख्या १६ लाख ७९ हजार ७४० पुगेको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?