logo
२०८१ बैशाख १४ शुक्रवार



युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

अन्तर्राष्ट्रिय |
बिज्ञान |


युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा
तस्विर–सीजीटीएन अफ्रिका


दुबई, चैत २९ गते। संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मक्तोमले ट्वीटर मार्फत दुई अन्तरिक्ष यात्रीको नाम घोषणा गर्नुभएको हो । घोषणा गरिएका नामहरुमा नोउरा अल–माट्रोसी महिला हुनुहुन्छ भने मोहम्मद अल–मुल्ला पुरुष हुनुहुन्छ ।
सन् १९९३ मा जन्मिनुभएकी अल–माट्रोसी अबुधाबीस्थित नेसनल पेट्रोलियम कन्स्ट्रक्सन कम्पनीमा इन्जिनियर पदमा कार्यरत हुनुहुन्छ । युएईका चार हजारभन्दा बढी आवेदकबाट दुई जना छनौट गरिएको अधिकारीहरुले बताएका छन् । उहाँहरु दुबैलाई अमेरिकाको टेक्सासस्थित नासाको जोन्सन स्पेस सेन्टरमा तालिम लिन पठाइनेछ ।
यदि अल–माट्रोसी अन्तरिक्ष अभियानमा सफल भएमा उहाँ अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला हुनुहुनेछ । यसअघि इरानी–अमेरिकी महिला अनुशेह रैसायानले झण्डै २ करोड डलर तिरेर पर्यटकको रुपमा सन् २००६ मा अन्तरिक्ष यात्रा गर्नुभएको थियो ।
अन्तरिक्ष यात्रा गर्ने पहिलो अरब मुस्लिमको रेकर्ड भने साउदी अरबका राजकुमार सुल्तान बिन सल्मानले बनाउनुभएको छ । उहाँले सन् १९८५ मा डिस्कभरी यानबाट अन्तरिक्ष यात्रा गर्नुभएको थियो ।
सन् २०१९ मा युएईका मेजर हज्जा अल–मन्सूरीले पहिलो पटक अन्तरिक्ष यात्रा गर्नुभएको थियो । उहाँ अन्तरिक्ष केन्द्रमा आठ दिन रहनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?