logo
२०८१ बैशाख ६ बिहीवार



अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द

अन्तर्राष्ट्रिय |


अमेरिकामा हिमपात, डेन्भरमा दुई हजार उडान रद्द
तस्विर-पिपुल


डेन्भर, चैत्त १ गते। अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् ।
अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएका हुन् ।
राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरिएको जनाएको छ ।
हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी निकायहरुले सबैलाई आह्वान गरेका छन् ।
उनीहरुले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधिहरु गर्दा पनि सुरक्षाका उपायहरु अपनाएर मात्रै गर्न आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप