logo
२०८० चैत्र १६ शुक्रवार



सरकार ढल्छ भनेर आशंका नगरौंः मन्त्री गुरुङ

राष्ट्रिय |


सरकार ढल्छ भनेर आशंका नगरौंः मन्त्री गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यही सरकारको निरन्तरताको विकल्प नभएको बताउनुभएको छ । दोलखा बैत्यश्वर गाउँपालिकाका युुवाहले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले भन्नुभयो, “केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढल्छ कि भनेर आशंका नपाल्न म आग्रह गर्दछुु ।”
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी भित्रबाट हटाउने प्रयास गरिए पनि सफल नहुने दावी गर्नुभयो । “जनताले दिएको म्यान्डेटअनुसार वर्तमान सरकारले पूरै कार्यकाल काम गर्नेछ” मन्त्री गुरुङले कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर अघि बढनुुको विकल्प नरहेको बताउनुभयो ।
मन्त्री गुरुङले वर्तमान सरकारको विकल्प खोजे मुलुक राजनीतिक अस्थिरताको भूमरीमा फँस्ने चेतावनी दिनुभयो । वर्तमान सरकार हटेको अवस्थामा मुलुक अस्थिरताको बन्धक बन्ने बताउनुहुँदै त्यसको समाधान निर्वाचन भएको मन्त्री गुरुङले चर्चा गर्नुभयो । वर्तमान सरकारलाई हटाएर मुलुकमा राजनीतिक अस्थिरताको विजारोपण गर्नुभन्दा निर्वाचनमा जान उपयुक्त विकल्प हुन्छ उहाँले भन्नुभयो ।
मन्त्री गुरुङले वर्तमान राजनीतिक परिस्थितिबाट विचलित नहुन सबैलाई आग्रह गर्नुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले बताउनुभयो । हरेकले आफ्नो जिम्मेवारी पूरा गर्दै मुुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्प पूरा गर्नमा लाग्नुपर्ने भन्दै उहाँले सो अभियानमा लाग्न सबैमा आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?