logo
२०८० चैत्र १५ बिहीवार



अध्यक्ष कपको उपाधि जलथलले उचाल्यो

खेलकुद |


अध्यक्ष कपको उपाधि जलथलले उचाल्यो
तस्विर–लिलाराज खड्का, उपाधि उचालेपछि जलथले फुटबल टोलिको सामूहीक तस्विर


लिलाराज खड्का
बिर्तामोड, फागुन १९ गते ।
झापाको झापा गाउँपालिकास्थित मदरगाछमा आयोजित अध्यक्ष कप फुटबलको उपाधि जलथल फुटबल क्लवले हात पारेको छ ।
मंगलवार भएको फाइनल खेलमा ब्रदर्स युनाइटेडले चन्द्रगढीलाई २ –१ गोल अन्तरले हराउदै जलथलले उपाधि हात पारेको हो । उपाधिसँगै जलथलले नगद एक लाख १ हजार १११ रुपियाँ हात पार्यो । उपविजेता चद्रगढीले ५१ हजार १११ रुपियाँ चित्त बुझाएको थियो ।
जलथलका तर्फबाट खेलको १५ औं मिनेटमा योगेस गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । दोस्रो गोल २५ औं मिनेटमा मौसम लिम्बुले गर्नुभयो । चन्द्रगढीका लागि एकमात्र शान्त्वना गोल खेलको ६५ औं मिनेटमा बिकास राइले गर्नुभयो । खेलको म्यान अफ दी म्याच जलथलका योगेस गुरुङ हुनुभयो । त्यस्तै बेस्ट डिफेन्समा जलथलका सन्जित राई,हाइग स्कोररमा सुनिल खड्का र बेस्ट प्लेयर मौसम लिम्बू हुनुभयो । उत्कृष्ट गोल किपरमा उपविजेता टिमका आमस टुडु हुनुभयो भने राइजिङ स्टारमा आयोजक टिमका नरेस मुर्मु हुनुभयो ।
बिजयी तथा उपबिजयी टिमका खेलाडीलाई नगद र शिल्ड झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह लगायातले प्रदान गर्नुभएको थियो । स्थानीय दिपज्योती युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का ८ वटा टिमको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?