logo
२०८० चैत्र १६ शुक्रवार



मेयर कप क्रिकेटको उद्घाटन खेलमा त्रिभुवन आर्मी र एपीएफले स्पर्धा गर्ने

खेलकुद |


मेयर कप क्रिकेटको उद्घाटन खेलमा त्रिभुवन आर्मी र एपीएफले स्पर्धा गर्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । काठमाडौंमा यसै साताको अन्त्यदेखि सुरु हुन लागेको काठमाडौं मेयर कप क्रिकेट २०७७ को खेलतालिका सार्वजनिक भएको छ । पाँच टोली सहभागी प्रतियोगिताको लिग चरणमा सबै टोलीले चार म्याच खेल्नेछ ।
नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको तालिका बमोजिम फागुन २२ गते शनिबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल सशस्त्र प्रहरी बल(एपीएफ)सँग स्पर्धा गर्नेछ । दुबै टोली प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा गत माघमा स्पर्धा गरेको थियो । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा खेलाइनेछ । शनिबार नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्नेछ ।
प्रतियोगिताको खेल तालिका बमोजिम त्रिवि क्रिकेट ग्राउन्डमा फाइनल अतिरिक्त छ वटा खेल हुनेछ । लिग चरणमै मूलपानी क्रिकेट ग्राउन्डमा चार वटा म्याच खेलाइनेछ ।
लिग चरणमा उत्कृष्ट हुने दुई टोलीबीच फागुन २९ गते शनिबार त्रिवि क्रिकेट ग्राउन्डमा उपाधिका लागि स्पर्धा गर्नेछ ।
प्रतियोगिताको तयारी स्वरुप तीन वटा विभागीय र बागमती प्रदेशको टोली तयारी अवस्थामा रहँदा काठमाडौं महानगरको मेयर ११ले बुधबार मात्रै १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?