logo
२०८० चैत्र १५ बिहीवार



भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण

अन्तर्राष्ट्रिय |


भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोरोना परीक्षण
तस्विर-बिजनेश स्ट्यान्डर्ड


देहरादुन, फाल्गुन ११ गते। भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोरोनाभाइरस परीक्षण अनिवार्य गरिएको छ । अधिकारीहरुका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्यप्रदेश र छत्तीसगढ प्रदेशबाट आउनेलाई परीक्षण अनिवार्य गरिएको हो ।
कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएकाले ती प्रदेशबाट आएकाहरुलाई परीक्षण अनिवार्य गरिएको अधिकारीहरुले जनाएका छन् ।
“उल्लेखित प्रदेशहरुमा कोरोनाभाइरसको महामारी अझै न्यून भएको छैन, त्यसैले ती मध्ये जुन प्रदेशबाट आएपनि उनीहरुलाई कोरोना परीक्षण गराउन निर्देशन छ,” निर्देशनमा उल्लेख गरिएको छ ।
विभिन्न प्रदेशहरुमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु भएकाहरुको सङ्ख्यामा बृद्धि भएपछि यस्तो व्यवस्था गरिएको हो ।
भारतमा मंगलबार बिहान थप १० हजार ५८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अरु ७८ जनाको मृत्यु भएको छ । यो सङ्ख्या पछिल्लो २४ घण्टामा भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड १० लाख १६ हजार ३४३ पुगेको छ । तीमध्ये एक लाख ४७ हजार ३०६ अझै सक्रिय अवस्थामा  छन् । त्यसैगरी कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५६ हजार ४६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?