logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु
तस्विर-एनाडोलु एजेन्सी


काबुल, फाल्गुन ११ गते। अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो । अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइनेछ ।
राष्ट्रपति अश्रफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताउनुभयो । अफगानिस्तानमा करिब ५५ हजार ६०० व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४३० जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?