logo
२०८० चैत्र १६ शुक्रवार



मङ्गलबाट 'पर्सेवेरेन्स'ले पठायो अद्भूत तस्विर

अन्तर्राष्ट्रिय |
बिज्ञान |


मङ्गलबाट 'पर्सेवेरेन्स'ले पठायो अद्भूत तस्विर
तस्विर-सीएनएन


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ८ गते । मङ्गल ग्रहमा सफलतापूर्बक अवतरणपछि अमेरिकी अन्तरिक्ष संस्था(नासा)को पर्सेवेरेन्स रोभरले कहिल्यै नदेखिएको दृश्यसहितको तस्विरहरु पठाएको छ । उक्त रोभर अवतरणस्थलको आफ्नो पोष्टकार्ड समेत पठाएको छ ।
पर्सेवेरेन्सले ट्वीटर खाताबाट साझा गरिएको टवीट्मा लेखिएको छ, “यो तस्विर मेरो पाङ्ग्राले सतह छुँदा जेटप्याकमा जडान गरिएको क्यामराको हो ।” “यो क्षणका लागि मेरो टोलीले वर्षौंदेखि सपना देखेको छ तर अब वास्तविकतामा परिणत भएको छ ।”– ट्वीटमा थपिएको छ ।
उक्त रोभर मङ्गलको सतहभन्दा करिब साढे छ फिट माथि हुँदा केही मात्रामा धुलो उडेको देखिएको छ । यसभन्दा अघिको मिसनहरुमा भने रोभरले हाल पठाएको तस्विर सम्भव भएको थिएन ।
रोभरले पठाएको अर्को तस्विरमा मङ्गल ग्रहको चट्टानहरुमा प्वाल देखिएको छ । वैज्ञानिकहरुले चट्टानमा प्वाल हुनुको कारण बुझ्न उत्सुक देखिएका छन् ।
रोभरका नीति ब्यवस्थापक पौलिन हवाङ्गले मङ्गलमा अवतरण गरेको रोभर स्वस्थ्य अवस्थामा राम्रो काम गरिरहेको प्रतिक्रिया दिनुभएको छ । मङ्गल ग्रह मिसनमा रोभरका उप परियोजना प्रमुख कैटि स्टक मोर्गनको नेतृत्वमा चार सय ५० जना वैज्ञानिकहरुको टोलि परिचालन गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?