logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानमा सेनाको कारबाहीमा सात लडाकू मारिए

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा सेनाको कारबाहीमा सात लडाकू मारिए
तस्विर-इपीए


काबुल, फाल्गुन ७ गते।
अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्ती ७ जना तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकू भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ ।
कारबाहीमा अरु तीन तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाइ छ । मन्त्रालयले विद्रोही तालिबानका एउटा कारबम, तीन वटा मोटरसाइकलसहित हातहतियार बरामद भएको जनाएको छ ।
सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ । तर विद्रोहीले सरकारका खासखास स्थान र व्यक्तिमाथि साङ्घातिक आक्रमण गरिरहेका छन् ।
तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएका छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?