logo
२०८१ बैशाख ७ शुक्रवार



मङ्गल ग्रहमा अमेरिकी यानको सफल अवतरण

अन्तर्राष्ट्रिय |
बिज्ञान |


मङ्गल ग्रहमा अमेरिकी यानको सफल अवतरण
तस्विर-सीएनएन


गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ७ गते । अमेरिकी अन्तरिक्ष यान मङ्गल ग्रहको सतहमा सफलतापूर्बक अवतरण गरेको छ । अन्तरिक्ष मिसनका उपप्रमुख म्याट्ट वालसले अवतरणपछि अन्तरिक्ष यान सहज र राम्रो आकारमा रहेको प्रतिक्रिया दिनुभएको छ ।
यानबाट छुट्टिएको छ पाङग्रे सबारी करिब दुईवर्षसम्म सतहमा रहेर चट्टानको अवशेष अध्ययन गरेर बिगत्मा जीव रहे नरहेको प्रमाण खोज्नेछन् । उक्त यानले सात महिनाको यात्रामा करिब ४७ करोड किलोमिटर दूरी तय गरेको छ । अमेरिकी यान नेपाली समयानुसार बिहान करिब दुई बजे मङ्गल ग्रहमा अवतरण गरेको हो । अवतरण लगत्तै अमेरिकी अन्तरिक्ष संस्थामा कार्यरत वैज्ञानिकहरुले खुशी ब्यक्त गर्नुभएको थियो ।
यानले मङ्गल ग्रहको सतहमा अवतरण गरे लगत्तै पहिलो तस्विर पठाएको छ । उक्त तस्विरमा रोभरले सतह टेकेको छायाँसमेत देखिएको छ ।
करिब एक टन वजनको अमेरिकी रोभर मङ्गल ग्रह टेकेको यो दोस्रो अबसर हो । पहिलो पटक सन् २०१२ मा अमेरिकी यान मङ्गल ग्रहमा टेकेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?