logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा सरकार र किसानका प्रतिनिधिबीच आठौँ चरणको वार्ता

अन्तर्राष्ट्रिय |


भारतमा सरकार र किसानका प्रतिनिधिबीच आठौँ चरणको वार्ता
तस्विर-फाइल


नयाँ दिल्ली, पुस २० गते।
भारतमा केन्द्रीय सरकारका प्रतिनिधि र आन्दोलनरत किसानका प्रतिनिधिका बीचमा सोमबार आठौँ चरणको वार्ता भएको छ । आठौँ चरणसम्म पनि वार्ता निश्कर्षमा नपुगेकाले नवौँ चरणको वार्ता जनवरी ८ को दिउसो २ बजे गर्ने सहमति भएको छ ।
सोमबार विहान सुरु भएको वार्तामा दुवै पक्षले आ आफ्नो अडान नत्यागेको र सहमती हुने नयाँ उपाय नभेटिएकोले सहमति हुन नसकेको अधिकारीहरुले जनाएका छन् । वार्ताका क्रममा किसानका प्रतिनिधिहरुले कृषि सम्वन्धी तीन ओटै कानुन तत्काल फिर्ता लिनु पर्ने माग राखेका थिए ।
वार्तामा सरकारको तर्फबाट मन्त्रीहरु नरेन्द्र सिंह टोमर, पियुष गोयल र सोम प्रकाशसहित सरकारी उच्च अधिकारीहरू सहभागी हुनुभएको थियो । वार्तामा बसेका किसानका प्रतिनिधिहरुले प्रदर्शनका क्रममा निधन भएका किसानको स्मृतिमा दुई मिनेट मौन धारण गरेका थिए ।
वार्तापछि भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैटले आफ्ना मागहरु पुरा नहुँदासम्म सहमत हुन नसकिने भएकाले वार्ता टुंगोमा नपुगेको जानकारी दिनुभयो । भारतमा कृषिसम्वन्धी तीन ओटा कानून तत्काल फिर्ता हुनु पर्ने माग गर्दै किसानहरुले एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?