logo
२०८० चैत्र १५ बिहीवार



नाइजरमा सशस्त्र समूहको आक्रमणबाट कम्तीमा ७० सर्वसाधारणको मृत्यु

अन्तर्राष्ट्रिय |


नाइजरमा सशस्त्र समूहको आक्रमणबाट कम्तीमा ७० सर्वसाधारणको मृत्यु
तस्विर-फाइल


निआमे, नाइजर, पुस १९ गते।
मालीको सिमाना नजिक पर्ने अफ्रिकी मुलुक नाइजरको पश्चिमी तिल्लाबेरी क्षेत्रको नाइजेरियाली गाउँहरूमा शनिबार एक सशस्त्र हतियारधारी समूहले आक्रमण गर्दा कम्तिमा ७० नागरिकको मृत्यु भएको र अन्य २० जना घाइते भएको सुरक्षा स्रोतले आइतबार जनाएको छ ।
मोटरसाइकलमा ठूलो सङ्ख्यामा आएका आक्रमणकारीहरूले आफ्नो समूहका दुई नेता मारिएको बदलामा गरेको हिंसात्मक आक्रमणमा ती निहत्था गाउँले मारिएका हुन् । आइतबार नै आतङ्ककारी उक्त समूहका दुई सदस्य गाउँलेहरूसँगको झडपमा मारिएका थिए । नाइजरको यो भाग हालका वर्षहरूमा हिंसात्मक आक्रमणबाट निकै प्रभावित क्षेत्र हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?