logo
२०८० चैत्र १५ बिहीवार



भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति आक्रामक

अन्तर्राष्ट्रिय |


भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति आक्रामक
तस्विर-द् इन्डियन एक्सप्रेस


वाराणसी, मंसिर १५ गते।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएको छ । कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ ।
भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउदै विरोध प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनका लागि केन्द्रीय राजधानी नयाँ दिल्लीमा हजारौँ किसानहरु भेला भएलगत्तै प्रधानमन्त्री मोदी थप रुष्ट हुनुभएको छ । किसानका उत्पादन बेचविखनसम्वन्धी नयाँ कानुनलाई प्रधानमन्त्री मोदीले भने ऐतिहासिक कानुनको संज्ञा दिनुभएको छ ।
मोदीले महत्व दिएको कानुनको विरुद्ध नै प्रदर्शन चर्किदै जानुको पछाडि विपक्षीहरुको हात रहेको उहाँको बुझाइ छ । विपक्षी दलहरुको नाम नलिई उहाँले भन्नुभयो, “किसानहरूलाई ऐतिहासिक कानुनका विरुद्धमा गलत तरिकाले परिचालन गरिएको छ, केही व्यक्तिहरुले यसलाई दुरुपयोग गरेका छन् ।”
वारणासीमा भएको एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले समाजलाई नै भ्रमित पार्नेहरूबाट सतर्क हुनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?