logo
२०८१ बैशाख ८ शनिवार



आणविक वैज्ञानिकको हत्यामा इजरायलको संलग्नताको दाबी

अन्तर्राष्ट्रिय |


आणविक वैज्ञानिकको हत्यामा इजरायलको संलग्नताको दाबी
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १३ गते । इरानले आफ्ना आणविक वैज्ञानिकको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ । शुक्रबार इरानका आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्या भएको थियो । राजधानी तेहरान नजिकै आफ्नो कारमा सबारी गरिरहँदा वैज्ञानिक फख्रिजादेहको एम्बुसमा परेर मृत्यु भएको थियो ।
इरानका राष्ट्रपति हसन रोहानीले उहाँको हत्यापश्चात् इरानको उपलब्धी नरोकिने बताउनुभयो । इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खमोनईका सैन्य सल्लाहकार होसेन डेगनले पीडकमाथि छिट्टै बदला लिइने चेताबनी दिनुभएको छ । विदेश मन्त्री मोहम्मद जावद जरिफले अन्तर्राष्ट्रिय समुदायलाई आतंकपूर्ण गतिबिधिको निन्दा गर्न आग्रह गर्नुभएको छ ।
बीबीसीका अनुसार सन् २०१८ को अप्रिल महिनामा इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्युहले इरानका आणविक वैज्ञानिक फख्रिजादेहबारे विशेष चर्चा गर्नुभएको थियो । हत्यामा संलग्नताको आरोपलाई लिएर इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?