logo
२०८१ बैशाख १३ बिहीवार



स्पेनका राजा फिलिप छैटाैं क्वारेन्टिनमा

अन्तर्राष्ट्रिय |


स्पेनका राजा फिलिप छैटाैं क्वारेन्टिनमा
तस्विर-इपीए


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ९ गते । स्पेनका राजा फिलिप छैटाैं दश दिनको क्वारेन्टिनमा बस्नुभएको छ । उहाँ कोभिड–१९ सङ्क्रमितको सम्पर्कमा आएपछि क्वारेन्टिनमा बस्नुभएको हो ।
बीबीसीले स्पेनिस राजदरबार स्रोतलाई उद्धृत गर्दै ५२ वर्षीय राजा फिलिप आइतबार कोभिड–१९ सङ्क्रमितको सम्पर्कमा आएकाले क्वारेन्टिनमा बस्नुभएको हो । तर उहाँका श्रीमतिीर दुई छोरी भने सामान्य अवस्थामा नै रहने जनाइएको छ ।
स्पेनमा हालसम्म करिब १६ लाख ब्यक्ति कोरोना सङ्क्रमित भएका छन् । ४३ हजार १३१ जनाको मृत्यु भएको छ । गत् साता विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को पुनः केन्द्र बनेको यूरोपको जनजीवन आगामी छ महिना अझै कठिन हुने जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?