logo
२०८० चैत्र १५ बिहीवार



सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

अन्तर्राष्ट्रिय |


सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार
तस्विर-द् हेराल्ड इन्डिया


वासिङ्टन, मंसिर ९ गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिनुभएको छ । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उहाँले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिनुभएको हो ।
उहाँले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका गरिँदै आएकोमा उहाँले अहिले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएपछि सकारात्मक सन्देश गएको छ । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै आफू पराजित नभई पराजित गराइएको दाबी गर्दै आउनुभएको छ । उहाँले बाइडेनको जित र आफ्नो पराजय अस्वीकार गर्दै आउनुभएको थियो ।
निर्वाचनमा धाँधली भएको भन्दै उहाँले विभिन्न अदालतमा मुद्दा दर्ता गरे पनि ट्रम्पको दावीका लागि पर्याप्त प्रमाण नभएकाले कतिपय न्यायाधीशहरुले मुद्दा नै खारेज गरिदिएका थिए । अदालतबाट समेत आफ्नो दाबी पुष्टि नहुँदा पनि उहाँले आफू अन्यायमा परेको र आफूलाई नियोजित रुपमा पराजित गरिएको भन्दै उहाँले न्याय माग्ने क्रमलाई निरन्तरता दिने दावी गर्नुभएको छ ।
यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुनुभएको छ । उहाँहरुले आगामी सन् २०२१ जनवरी २० मा सपथ ग्रहण गर्दै जिम्मेबारी सम्हाल्नु हुनेछ । त्यसका लागि उहाँहरुले पनि आआफ्नो तर्फबाट तयारी थाल्नुभएको छ ।
बाइडेनले आफूले सरकारमा प्रमुख भूमिका दिने चाहेका व्यक्तिहरूको नामावली तयार पर्न थालिसक्नु भएको छ । पूर्व विदेश मन्त्री जोन केरीले जलवायुसम्बन्धी विशेष दूतको भूमिका निर्वाह गर्नु हुने भएको छ भने यसअघि सशक्त रूपमा अन्तर्राष्ट्रियवादमा विश्वास गर्ने एन्टोनी ब्लिङ्केनको नाम विदेशमन्त्रीको रूपमा प्रस्तुत गरिसकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?