logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन

अन्तर्राष्ट्रिय |


पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको लन्डनमा निधन
तस्विर-द् न्यूज


लाहोर, मंसिर ८ गते।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग ९नवाज०ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो । उक्त दलका उहाँ हाल ९० वर्षको हुनुहुन्थ्यो । उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो र लन्डनको एक अस्पतालमा उपचार गराइरहनुभएको थियो ।
सो दलका उ सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उहाँको गृहनगर पाकिस्तानको लाहोर ल्याइँदैछ र अन्त्येष्टि गरिने भएको छ ।
पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत हुनुहुन्छ । उहाँलाई मिर्गौला र मुटुको रोग देखिएको छ । त्यसैले उहाँ पनि लन्डनमै उपचाररत रहनुभएको बताइएको छ । छोरा बिरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन जानुभएको थियो । उहाँलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन जानुभएको थियो ।
उहाँ लन्डनमा पुगेपछि बिरामी पर्नुभएको र उपचार गराइरहनुभएको जनाइएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?