logo
२०८० चैत्र १५ बिहीवार



बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित

अन्तर्राष्ट्रिय |


बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित
तस्विर-सीबीएस न्यूज


अबुजा, मंसिर ८ गते।
नाजेरियामा शुक्रबार एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको छ ।
बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ भने उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन् । नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएकोे हो । शुक्रबार प्रार्थनाको समयमा आएका कैयौँ बन्दुकधारीले बन्दुक हमला गर्दा त्यहाँ रहेका पाँच जनाको ज्यान गएको र अरु १८ जनालाई उनीहरुले नै अपहरण गरेर लगेका थिए ।

मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरुले मस्जिदमा हमला गरेपछि उनीहरु सँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेर गएका थिए ।
यस घटनाको बारेमा अनुसन्धान शुरु भएको यहाँको प्रहरीले जनाएको छ । यहाँको प्रहरीका अनुसार पछिल्ला केही समययता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटना बढेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?