logo
२०८१ बैशाख १२ बुधवार



दश वर्षमा प्रकृति दोहनले ८३ प्रतिशत विपद् निम्तियो

अन्तर्राष्ट्रिय |


दश वर्षमा प्रकृति दोहनले ८३ प्रतिशत विपद् निम्तियो
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २ गते । अन्तर्राष्ट्रिय रेडक्रस समितिले पछिल्लो छ महिनामा एक सय प्राकृतिक विपद्ले पाँच करोड सर्वसाधारणको जनजीवन प्रभाबित बनाएको जनाएको छ । गत् मार्च महिनामा कोरोनाभाइरसलाई महामारीको रुपमा घोषणा गरिए यता पाँच करोड सर्वसाधारणको जनजीवन प्राकृतिक विपद्ले प्रभाबित पारेको आईसीआरसीले जनाएको छ ।
प्राकृतिक विपद् सम्बन्धमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मंगलबार आईसीआरसीले कोरोना महामारी र जलवायु परिवर्तनले निम्तिएको विपद्बाट सबैभन्दा बढी प्रभाबित भएको बताएको छ । विपन्न समुदाय प्रकोपको सबैभन्दा बढी जोखिममा रहेको र कडा रुपमा प्रभाब पारेको उसले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । मार्च २०२० यता मात्रै एक सय विपद् आएको र पाँच करोड सर्वसाधारण प्रभाबित भएको प्रतिवेदनले जनाएको छ ।
आइसीआरसीका अनुसार पछिल्लो दश वर्षमा विपद्को निरन्तरतामा वृद्धि भएको छ । जसमध्ये जलवायु परिवर्तनले निम्तिने विपद्हरु बढी छन् । प्रकृति दोहनले मात्रै ८३ प्रतिशत विपद् निम्तिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?