logo
२०८१ बैशाख ७ शुक्रवार



पेरुका राष्ट्रपति विजकाराविरुद्धको महाभियोग प्रस्ताव पारित

अन्तर्राष्ट्रिय |


पेरुका राष्ट्रपति विजकाराविरुद्धको महाभियोग प्रस्ताव पारित
तस्विर-द गार्जियन


लिमा, पेरु, कात्तिक २५ गते।
पेरुको संसदले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घुस लिएको आरोपमा गरिएको महाभियोग प्रस्तावको पक्षमा संसद उभिएको छ । करिब आठ घण्टा चलेको महाभियोगको सुनुवाईपछि राष्ट्रपतिलाई हटाउने प्रस्तावमा १०५ र विपक्षमा १९ मत परेको हो । महाभियोग प्रस्ताव पास हुनका लागि संसदका ८७ सदस्यले उहाँको विपक्षमा मतदान गरेपुग्नेमा योभन्दा निकै धेरै १०५ मत परेको हो ।
त्यसैगरी संसदले गणतान्त्रिक पेरुको राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएपछि उक्त स्थान खाली भएको जानकारी गराएको छ ।
यसैबीच भिजकाराले राष्ट्रपतिको कार्यालय छोड्नुपूर्व शिर ठाडो गर्दै आफ्ना समर्थकबीच उभिनुभएको थियो । आफूले संसदको निर्णयलाई चुनौती दिन कानुनी बाटो नखोज्ने घोषणा गर्नुभयो । उहाँका समर्थकहरूले राजधानी लिमा र अन्य मुख्य शहरमा उहाँको पक्षमा नाराबाजी गरेका थिए ।
उहाँले भन्नुभयो,“ मैले सरकारबाट दुई वर्ष आठ महिनापछि छोड्दैछु ।” यसपछि आफू तत्काल आफ्नो निजी निवासमा जाने उहाँले बताउनुभयो । “गणतन्त्रको राष्ट्रपति पद रिक्त रहेको घोषणा गर्ने प्रस्तावलाई अनुमोदन गरिसकेको छ,” संसद सदस्य मानुयल मेरिनोले बताउनुभयो ।
“म स्पष्ट विवेकको साथ छोड्दै छु र मेरो कर्तव्य पूरा गरिसकें,” भिजकाराले भन्नुभयो । आफ्नो ३२ महिनाको कार्यकालमा आफूले निकै लोकप्रियता पाएको उहाँको दावी थियो ।
पेरूमा सन् २०२१ को अप्रिल मा आम निर्वाचनका साथै राष्ट्रपतीय निर्वाचन हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?