logo
२०८० चैत्र १६ शुक्रवार

  अमेरिकी राष्ट्रपति निर्वाचन अपडेट  



धाँधली भयाे, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

अन्तर्राष्ट्रिय |


धाँधली भयाे, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प
फाइल तस्बिर


गाेरखापत्र अनलाइन 

वासिङ्टन, कात्तिक १९ गते । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ ।
तर राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गर्नु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गर्नु भएको छ ।
करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गर्नु भएको छ । उहाँले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जाने पनि बताउनुभयो ।
उहाँले भन्नुभएको छ, “साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौं । चुनावमा धाँधली भएको पाइएको छ, र यो हाम्रो मुलुकका लागि निकै दुःखद पक्ष हो ।” उहाँले आफूले चुनावी नतिजाको विषयलाई लिएर सर्वोच्च अदालतमा चुनौती दिने पनि बताउनुभयो ।
उहाँले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद दिनुभयो । राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गर्नु भएको दाबीलाई रिपब्लीकन पार्टीकै कतिपय वरिष्ट सदस्यहरुले अपरिपक्व भनाई भन्दै ट्वीट गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?