logo
२०७७ मंसिर १२ शुक्रवार

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख नजिक

अन्तर्राष्ट्रिय |


2020-10-26-25450
तस्विर-आइसीआरसी


ढाका, बङ्गलादेश, कात्तिक १० गते। बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । बङ्गलादेशमा आइतबारसम्म तीन लाख ९८ हजार ८१५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ८०३ सङ्क्रमितको मृत्यु भएको छ ।
बङ्गलादेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ९०५ पुगेको छ भने तीन लाख १५ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् । बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित जुलाई २ मा भेटिएका थिए भने कोभिड–१९ धेरैको मृत्यु जुन ३० मा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?