logo
२०८० चैत्र १६ शुक्रवार



म्याक्रोँविरोधि एर्दोगानको प्रतिक्रिया अस्वीकार्य

अन्तर्राष्ट्रिय |


म्याक्रोँविरोधि एर्दोगानको प्रतिक्रिया अस्वीकार्य
तस्विर-फाइल


ब्रसेल्स, कात्तिक ९ गते।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले उहाँका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँप्रति लक्षित गरी दिएको प्रतिक्रिया इयूलाई ‘अस्वीकार्य’ हुने यूरोपेली संघका वरिष्ठ कुटनीतिज्ञ जोसेफ बोरेलले आइतबार बताउनुभएको छ ।
बोरेलले भन्नुभयो, “टर्कीका राष्ट्रपति एर्दोगानले उहाँका फ्रान्सेली समकक्षी म्याक्रोँलाई लक्षित गरी दिएको प्रतिक्रया इयूका लागि ‘अस्वीकार्य’ छ ।” उहाँले टर्कीलाई यस प्रकारको विवादास्पद अभिव्यक्ति दिने क्रमलाई तत्काल रोक्न आग्रह गर्नुभयो ।
राष्ट्रपति एर्दोगानले फ्रान्सेली समकक्षी म्याक्रोँले टर्कीबारे दिएको अभिव्यक्तिपछि म्याक्रोँले मानसिक परीक्षण गराउन भनी उत्तेजक भनाई राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?