logo
२०७७ कार्तिक ६ बिहीवार

अदालतको आदेशपछि भारतको बाँके बिहार मन्दिर खुल्ला

अन्तर्राष्ट्रिय |


2020-10-17-24931
तस्विर-फाइल


मथुरा, कात्तिक १ गते।
भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो ।
विश्वविख्यात याे मन्दिर गत सात महिना अगाडिदेखि बन्द  थियो । तर अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् ।
दर्शालुहरुलाई बिहान ८:३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५:३० देखि ९:३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ । दर्शालुहरुलाई सामाजिक दूरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्णरुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।
हिन्दुहरुको अत्यन्त आस्था रहेको यस मन्दिरमा बर्षेनी लाखौ हिन्दु धर्माबलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?