logo
२०८१ बैशाख ७ शुक्रवार



अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुगे

अन्तर्राष्ट्रिय |


अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुगे
तस्विर-फाइल


न्युयोर्क
कात्तिक १ गते। अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । अमेरिकामा कोभिड १९ सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।

अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना  छ ।

उक्त विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनमा पनि ठूलो संख्याका सङ्क्रमित थपिने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?