logo
२०८१ बैशाख ४ मंगलवार



स्पेनमा कोभिडका सङ्क्रमित फेरि बढ्न थाले

अन्तर्राष्ट्रिय |


स्पेनमा कोभिडका सङ्क्रमित फेरि बढ्न थाले
तस्विर-फाइल


म्याड्रिड, असोज २८ गते।
स्पेनमा कोरोना भाइरसका नयाँ सङ्ंक्रमित थपिन थालेका छन् । कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो ।
बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको हो । परीक्षणका क्रममा सात दिनयता ७ हजार ११८ जनामा नयाँ सङ्क्रमण देखिएको हो । साथै गएको सात दिनमा यहाँ ४८० जनाको निधन भएको छ । स्पेनका स्वास्थ्य अधिकारीहरुले यस सङ्क्रमणबाट हरेक दिन कम्तीमा पनि ८० जनाले ज्यान गुमाउन थालेको बताएका छन् ।
उनीहरुले स्पेनमा पनि यो सङ्क्रमणको दोस्रो वेभ आएको र हिजो आज हरेक थप नयाँ नयाँ संख्यामा सङ्क्रमितहरु भेटिन थालेका पनि बताएको छ । चीनको हुबे प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । तर शुरुमा यो सङ्क्रमणले स्पेन र इटालीलाई निकै क्षति गराएको थियो । स्वास्थ्य अधिकारीहरुले सङ्क्रमणका २ लाख ६८ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् । पछिल्ला महिनाहरुमा स्पेनमा यसका सङ्क्रमितहरु निकै घटेकोमा हाल आएर बढ्न थालेका बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?