logo
२०८० चैत्र १५ बिहीवार



काठमाडौं उपत्यकामा ८५९ मा सङ्क्रमण पुष्टि

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ८५९ मा सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ८५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ८५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा पुष्टि भएको सङ्क्रमित उपत्यकाको तीनै जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी ६९८ जना सङ्क्रमितको पहिचान गरिएको छ । ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, ललितपुरमा ३२ महिला र ४७ पुरुष तथा भक्तपुरमा ४८ महिला र ३४ पुरुष गरी कुल ८५९ जनामा सङ्क्रमित फेला परेका हुन् ।
पछिल्लो चौबीस घण्टामा देशैभरि अहिलेसम्मकै सबैभन्दा बढी दुई हजार २० जना नयाँ सङ्क्रमित थपिएका हुन् । गत् माघ महिनामा पहिलो सङ्क्रमित पुष्टि भए यता एकैदिन दुई हजार सङ्क्रमित पुष्टि भएको यो पहिलो हो । पछिल्लो चौबीस घण्टामा ८७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म कुल ४३ हजार ८२० जना सङ्क्रमित निको भएका छन् । हाल नेपालमा १७ हजा ३८३ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?