logo
२०८१ बैशाख ६ बिहीवार



बाँकेमा एकै दिन ६० जना संक्रमणमुक्त भएर घर फर्किए

प्रदेश |


बाँकेमा एकै दिन ६० जना संक्रमणमुक्त भएर घर फर्किए


सिराज खान

नेपालगञ्ज, असोज २ गते । कोराना संक्रमणमुक्त हुनेहरुको संख्या बढ्दै गएको बाँके जिल्लामा शुुक्रबार एकैदिन ६० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहनु भएकाहरु मध्ये शुक्रबार ६० वर्षिय एक महिलासहित ६० जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ १८ गते संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेससन रहनु भएका जिल्लाका १९ महिला र ४१ पुरुष गरी ६० जनालाई १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि निको भएको प्रमाणपत्र दिएर घर पठाईएको बताउनुभयो ।

उहाँले शुक्रवार निको भएर फर्किनु भएका ६० जनासंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १९२ पुगेको बताउनुभयो । अहिले पनि जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा अन्य जिल्लाका ३ जना समेत गरी ३४५ जना संक्रमित उपचाररत रहेको सम्पर्क व्यक्ति श्रेष्ठले जनाउनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५४६ पुगेको छ भने ५ पुरुष र ४ महिला गरी ९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?