logo
२०८० चैत्र १५ बिहीवार



बाजुराका अधिकांश विद्यालयमा सामाजिक दूरी कायम राखेर पठनपाठन सुरु

प्रदेश |


बाजुराका अधिकांश विद्यालयमा सामाजिक दूरी कायम राखेर पठनपाठन सुरु


शेरबहादुर सार्की

बाजुरा, असोज २ गते । बाजुराका अधिकांश विद्यालयमा सामाजिक दूरी कायम राखेर पठनपाठन कार्य सुरु हुन थालेका छन् । कोभिड १९ को विश्वव्यापी महामारीका कारण चैत महिनादेखि भदौसम्म विद्यालयमा पठनपाठन कार्य अवरुद्ध हुँदै आएको थियो । यसै क्रममा बाजुराको बूढीगङ्गा नगरपालिका –५ स्थित भानोदय माविले पनि भौतिक दूरी कायम गर्दै असोज १ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको छ ।

सिकाइलाई निरुन्तरता दिन नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको भदौ १९ को मन्त्रिस्तरीय निर्णय अनुसार स्वीकृत विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ५ को क ४ अनुसार पढाइ सुरु गरिएको भानोदय माविका प्रधानाध्यापक मनवीर खातीले बताउनुभयो ।

उहाँले भन्नुभयो, विद्यालयमा कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घको बैठकमा भर्ना भएका विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिने गरी वर्गीकरण गर्दै भौतिक दूरी कायममा पढाइ सुरु गर्ने निर्णय भए पनि विद्यालय सञ्चालनमा ल्याएको हो ।

चैतमा भएको कक्षा ९ को वार्षिक परीक्षा दिएर पास भए पनि देशभर लकडाउनका कारण १० मा पढ्न नपाउदा मेरो पढाइ छुट्ने भयो अब भन्ने चिन्ता लागेको थियो, बल्ल हिजोबाट विद्यालय खुलेर पढ्न पाउँदा निकै खुसी भएको भानोदय माविका कक्षा १० मा अध्ययनरत विद्यार्थी आशीष कटुवालले बताउनुभयो ।

प्रधानाध्यापक खातीले भन्नुभयो,आइतबार वेलकाटीया, फालासैन, नुवाघर, बोरावाडा , कोटबाडाका, सोमबार सायल र माल्ता, मङ्गलबार सराप्ला र बानेगाँउ , बुधबार,बेलकाटिया, फालासैन,नुवाघर बोरावाडा, कोटबाडा , बिहिवार सायल र माल्ता, शुक्रबार सराप्ला र बानेगाउँ लगायत टोलका कक्षा ६ देखि १० मा अध्ययन्रत विद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउने गरेका छौँ ।

त्यसैगरी आइतबार सायल र सराप्ला , सोमबार माल्ता नुवाघर र बकोटवाडा, मङ्गलबार सायल र सराप्ला, बुधबार माल्ता, नुवाघर , कोटवाडा, विहिबार सायल र सराप्ला, शुक्रबार माल्ता नुवाघर र कोटवाडा टोलका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई पढाउने गरेको खातीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?