logo
२०८१ बैशाख १३ बिहीवार



रुसले भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने घोषणा

अन्तर्राष्ट्रिय |


रुसले भारतलाई १० करोड डोज कोभिड–१९ को खोप दिने घोषणा
तस्विर-फाइल


मस्को, भदौ ३१ ग्ते। रुसमा कोरोना भाइरसविरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ । कोषले रुसमा स्पुतनिक भी नामको खोप विकास गरेको छ ।
कोषद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि कोष र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको उल्लेख छ । कोषले भारतीय नियामक निकायबाट अनुमति पाएलगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने बताएको छ ।
डा रेड्डीका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जीभी प्रसादले रसियाली खोपका सन्दर्भमा सहकार्य गर्न पाएकामा खुशी लागेको बताउनुभएको छ । उहाँले भारतीय नियामक निकायहरुका आवश्यकतालाई दृष्टिगत गरी तेस्रो चरणको परीक्षण गरिने बताउँदै भारतमा कोभिड–१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वास व्यक्त गर्नुभयो ।
रसियाली कोषका प्रमुख कार्यकारी किरिल डिमिट्रिभले भारतीय औषधि उत्पादक कम्पनीसँग सहकार्य गर्न पाएकामा खुशी लागेको बताउनुभयो । डा रेड्डीले विगत २५ वर्षदेखि रुसमा औषधि उत्पादनका कार्यमा निकै प्रतिष्ठा कमाएको कम्पनी रहेको बताउँदै किरिलले यो भारतमै पनि अग्रणी औषधि निर्माता कम्पनी रहेको जानकारी दिनुभयो ।
कोरोना भाइरसका कारण भारत अहिले सर्वाधिक असर परेको मुलुकका रुपमा देखिएको छ । यहाँ कोरोना संक्रमितको संख्या ५० लाख नाघिसकेको छ । रुसको स्वास्थ्य मन्त्रालयले गत अगस्त ११ मा स्पुतनिक भी लाई औपचारिक रुपमा मान्यता दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?